म प्रण गर्छु- सकेको राम्रो गर्छु, नराम्रो गर्ने छैन: आईजीपी खापुङ

No ads found for this position
No ads found for this position

तस्बिर: नेपाल प्रहरी ।

काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आँफूले सकेसम्म राम्रो गर्ने र जन्म भूमि, संगठन र यसमा आबद्ध सकल दर्जाका हितका लागि समर्पित भएर काम गर्ने बताएका छन् ।

बिहीबार गृहमन्त्रालयमा आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि बोल्दै खापुङले यस्तो बताएका हुन्। प्रहरीको सर्वोच्च पदमा पुगेको खुसी व्यक्त गर्दै आईजीपी खापुङले भने, ‘म प्रण गर्छु । सकेको राम्रो गर्छु । तर नराम्रो गर्ने छैन।’

आफू लामो समय देखि संगठन प्रति समर्पित भएको र अबका बाँकी दिन पनि प्रहरी र दर्जाकै हितमा समर्पित हुने आईजीपी खापुङले बताए ।

आईजीपी खापुङ भने, ‘तेह्रथुमको गाउँबाट निस्केको मेरो यात्रा आज नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएको छ । यो यात्रामा मसँग कुनै महत्वकांक्षा र प्राप्तीको मोह तथा अभिलासाले पच्छ्याउन सकेन । तर परिश्रम र मेहनत गर्ने उच्च आचरण निर्भिक रहने प्रतिज्ञाले मलाई सधैं दिशा निर्देश गरिह्यो ।’

उनले व्यक्ति सफल हुनेभन्दा पनि संस्था सफल बनाउन आवश्यक रहेको उनले मन्तव्यमा उल्लेख गरे ।

उनले आफू व्यक्तिगत रुपमा सफल हुनेभन्दा पनि संस्था सफल बनाउन लाग्ने बताए । ‘म व्यक्ति नभई जिम्मेवार संस्थाका रुपमा नेपाल प्रहरीको श्रीवृद्धि गर्ने, नागरिकको सेवामैत्री प्रहरी सेवालाई संस्थागत गर्न समर्पित रही इमान्दार योगदान गर्नेछु’ उनले भने ।

नेपाल प्रहरीप्रति आम नागरिकको आशा र भरोसा रहेको उल्लेख गर्दै उनले राज्यको तर्फबाट दूरदराजमा पुग्ने प्रतिनिधि संस्था नेपाल प्रहरी नै भएको बताए । उनले पनि हजारौं स्थानमा प्रहरीको माग भइरहेको बताए । उनले भने,’हामीले दैनिक हजारौं नागरिकलाई सेवा दिइरहेका छौं । सयौंका जीवन बचाउने काम गरेका छौं ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *