नेपाली सेनालाई अमेरिकाले दियो स्काई ट्रक र एयर एम्बुलेन्स

No ads found for this position
No ads found for this position

काठमाडौं । अमेरिकी सरकारले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ ।

बिहीवार जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको समेत उपस्थिति थियो ।

एयर एम्बुलेन्स सुत्केरी, विपदमा परेका घाइते, बिरामी लगायतलाई उद्धार गर्नका लागि र स्काई ट्रक सामग्री ढुवानीका लागि प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।

अमेरिकी सरकारले यसअघि सन् २०१९ मा पनि दुई वटा जहाज दिइसकेको थियो। योसँगै सेनासँग जहाजहरूको संख्या २० वटा पुगेको छ।

नेपाली सेनाले बिरामी, घाइते तथा सुत्केरीको उद्धार गर्नका लागि हेलिकप्टरको प्रयोग गर्दै आएको छ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *