आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रधान

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बिहीबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
आईजीपी खापुङले आजै प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने छन् । खापुङलाई सरकारले यही भदौ १३ गते नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा नियुक्त गरेको थियो।
हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि अनिवार्य अवकाशमा गएका छन्।
प्रतिक्रिया