स्याउ ल्याएको गाडी रोकेर प्रहरीले ठाउँ-ठाउँ घुस माग्छन् : ज्ञानेन्द्र शाही (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाही जुम्लाको अर्ग्यानिक स्याउ काठमाडौं ल्याउँदा प्रहरीले घुस मागेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै शाहीले स्याउ ल्याउँदा प्रहरीले ठाउँ-ठाउँमा सय रुपैयाँसम्म घुस मागेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए। उनले सांसदहरूलाई जुम्लाका स्याउ खान र किनिदिन आग्रह गरे।

उनले भने,‘जुम्लाको स्याउ आएको छ बजारमा, रसिलो पनि छ, स्वादिलो छ, केमिकल हालेको छैन। माननीयज्यूहरूले किन्दिनुहोला, विदेशी स्याउ केमिकल हालेको छ, त्यसको क्वारेन्टाइन नगरी नल्यादिनुहोला। जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँ ठाउँमा एक रुपियाँसम्म घुस मागिरहेको छ । स्याउको चेकजाँच नगरियोस्, सभामुखमार्फत गृहमन्त्रीलाई जानकारी गराउन चाहन्छु।’

उनले जुम्लाको स्याउलाई सहज रुपमा बजारीकरणको व्यवस्था गर्न माग गरे। उनले विदेशी स्याउलाई एक दुई महिना ल्याउन रोकेर जुम्लाको स्याउ बिक्री हुने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *