८४ मा लोकतन्त्र जुरुक्क उठ्नेछ, नागरिक बोल्नेछन् : हरि ढकाल (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विरोधका आवाजलाई दमन गरेर लोकतन्त्र बलियो नहुने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘०८४ मा आम नागरिकले यो शैलीको हिसाब राखेका छन्। त्यो हिसाब निकाल्नेछन्। लोकतन्त्र जुरुक्क उठ्नेछ। जनता बोल्छन् तपाईंहरूको बोल्ने ठाउँ हुँदैन।’
यस्तै उनले सत्तापक्षका सांसदहरूले आफूहरूमाथि मिथ्या आरोप लगाएको भन्दै उनले असन्तुष्टि जनाए। भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको उनले आरोप लगाए।
उनले भने, ‘हामीमाथि मिथ्या आरोप लगाइराख्नुभएको छ। सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीमाथि नसकेर हाम्रो नेताहरूको फेक भ्याइस रेकर्डहरू समेत बाहिर छरपस्ट पार्न थालिएको छ। यो शैलीको निन्दा गर्छु।’