सुनको मूल्य तोलाकै २ लाख ७ हजार नाघ्यो

No ads found for this position
No ads found for this position
काठमाडौं । सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. २ लाख ७ हजार ९ सय कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मङ्गलबार प्रतितोला सुन २ लाख ५ हजार ९ सयमा कारोबार भएकोमा आज प्रतितोला रु. २ हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु. २ हजार ४८० कायम भएको छ ।
प्रतिक्रिया