तस्बिरमा हेर्नुस् प्रधानमन्त्री ओली सहभागी चीनको सैन्य परेड

No ads found for this position
No ads found for this position

काठमाडौं । चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेको छ । तियानमेन स्क्वायरमा आयोजित सैन्य परेड समारोहमा विश्वका नेताहरुसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले परेडलाई सम्बोधन गर्दै चीनलाई कुनै पनि धाकधम्कीबाट नतर्सिने बताएका छन् । उनले चीन सधैं अगाडि बढिरहने देश भएको दाबी गरे।

चिनियाँ परेड कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङसहित विभिन्न २६ राष्ट्रका प्रमुख र सरकार प्रमुख सहभागी भएका छन्। सी, पुटिन र किम एकैपटक भेटेको यो पहिलो अवसर हो।

तस्बिरहरु : सिन्ह्वा/ एपी

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *