मनाङ उपनिर्वाचन : भदौ १९ देखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान

No ads found for this position
No ads found for this position

काठमाडौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ मा हुने उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने जनाएको छ ।

आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

सो क्षेत्रवाट तत्कालिन प्रदेशसभा प्रतिनिधि राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भए पनि सर्वोच्च अदालतले गत असार ४ गते पदमुक्त गरेको थियो । सर्वोच्च अदालतले गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएको भन्दै उनको पदका लागि अयोग्य ठहर गगरेको थियो ।

सो उपनिर्वाचन प्रयोजनका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा दल दर्ताको निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्नेछ । साथै दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालय र पत्राचार गर्ने ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, सामाजिक सञ्जाल खाता, केन्द्रीय कार्यसमिति र प्रदेश–जिल्ला तहका पदाधिकारी तथा सदस्य संख्या लगायतका विवरण संलग्न गर्नुपर्नेछ ।

यस्तै निवेदनमा दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय समितिबाट दल दर्ता र उम्मेदवार मनोनयनको औपचारिक पत्र दिन अधिकार प्रदान गरेको निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र दिने पदाधिकारीको नाम, पद, सम्पर्क नम्बर र हस्ताक्षर नमूना, संविधानको धारा २६९(४) अनुसारको शर्त पूरा गर्ने प्रतिबद्धता पत्रसमेत आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *