चिनियाँ सैन्य परेड अवलोकन गर्न रेल चढेर बेइजिङ पुगे प्रधानमन्त्री ओली

No ads found for this position
No ads found for this position

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राजधानी बेइजिङ पुगेका छन्।

तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो।

बुधबार आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ।

वार्षिकोत्सव समारोहमा चिनियाँ सैन्य परेड देखाइनेछ। जसमा प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग देखिनेछन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *