एससीओ शिखर सम्मेल: मोदी, पुटिन र जिनपिङको त्रिपक्षीय भेट

No ads found for this position
No ads found for this position

काठमाडौं। शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट भएको तस्बिर सार्वजनिक गरेका छन् ।

सोमबार आयोजित फोटो सेसनमा भाग लिएको मोदीले त्यसपछि पुटिन र जिनपिङसँग भेटेर विभिन्न विषयमा छलफल गरेका थिए। यस भेटघाटले तीन देशबीचको त्रिपक्षीय कूटनीतिक सम्बन्धलाई अझ स्पष्ट बनाएको बताइएको छ।

भेटवार्ताको क्रममा मोदी र पुटिनबीच अँगालो साटासाट भएको थियो। केही समयपछि मोदीले एससीओ बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी पुटिनसँग अलग द्विपक्षीय वार्तामा पनि सहभागी हुनेछन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *