सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको २ लाख ५ हजार ३ सय पुग्यो

No ads found for this position
No ads found for this position
काठमाडौं । सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ।
शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ लिएको थियो ।
आज सोमबार फेरि २ हजार बढेसँगै अर्को नयाँ रेकर्ड बनेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला २४ सय २५ रुपैयाँ रहेको चाँदी आज २४ सय ७० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया