कोशी ब्यारेजमा जलसतह बढेपछि ३१ ढोका खोलियो

No ads found for this position
No ads found for this position

फाइल तस्बिर ।

सुनसरी। सप्तकोशी नदीमा पानीको सतह बढेपछि ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खोलिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरी अनुसार आइतबार बेलुकी १० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको छ।

आइतबार दिउँसो २ बजे १ लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो।

कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *