लिभरपुलसँग आर्सनल पराजित

No ads found for this position
No ads found for this position
काठमाडौं। प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो जित हात पारेको छ।
आइतबार एनफिल्डमा भएको खेलमा डोमिनिक स्जोबोजलाइले ८३ औं मिनेटमा दिएको उत्कृष्ट फ्रि–किक गोलमा लिभरपुलले आर्सनललाई १–० ले पराजित गरेको हो ।
खेलको सुरुवाती चरणमै विलियम सालिबा घाइते भएर बाहिरिएपछि आर्सनलको प्रदर्शन कमजोर बनेको थियो।
यस जितपछि लिभरपुल ९ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ भने पराजित आर्सनल तेस्रो स्थानमा झरेको छ। -एजेन्सी
प्रतिक्रिया