दसैंमा ‘नयाँ नोट’ साट्न नपाइने, भदौ २९ गतेबाट सुकिला बाँडिने, कहाँ-कहाँ पाइन्छ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले यस वर्ष पनि नयाँ नोट नबाँड्ने भएको छ। दसैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो।
दसैंतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ।
राष्ट्र बैंकले आइतबार सूचना निकालेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गरिने उल्लेख गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिनेछ।
दसैंका बेला राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भए पनि विगत केही वर्षदेखि भने सुकिला नोटमात्रै सटही गर्दै आएको छ।