सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको २ लाख ३ हजार ६ सय पुग्यो

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ३६ सय पुगेको छ।
आइतबार ३ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३ हजार ६ सय पुगेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६ सय पुगेको थियो।
सुनको भाउ वृद्धि भएसँगै चाँदी पनि बढेको छ।
आज एक तोला चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार एक तोला चाँदी २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया