एनपीएलको प्लेअफ समीकरणका खेलहरु पूरा

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजबाट प्लेअफ समीकरणका खेलहरु पूरा भएका छन्। आजको अन्तिम खेल सकिएसँगै शीर्ष ४ टोलीको टुंगो लागेको हो।

खेलबाट सुदूरपश्चिम रोयल्स लिगको ७ खेलमा ६ खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायर्स खेल्नेछ। सुदूरले क्वालिफायर्समा अंक तालिकाको दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।

एनपीएलमा बुधबार बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच खेल हुनेछ। यो एलिमिनेटर खेल हो। यो खेलको विजेताले दोस्रो क्वालिफायर्स खेल्दै फाइनलमा स्थान बनाउने मौका पाउनेछ।

पहिलो एलिमिनेटरमा हार बेहोर्ने टिम भने स्वतः एनपीएलबाट बाहिरिनेछ। बुधबार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल अर्थातः पहिलो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ। जसको विजेता फाइनल पुग्नेछ भने, पराजित भएको टिमले दोस्रो क्वालिफायर्स खेल्नु पर्ने हुन्छ।

दोस्रो क्वालिफायर्स, पहिलो क्वालिफायर्समा हार बेर्होने टिम र एलिमिनेटरको विजेता टिमबीच हुनेछ। यो क्वालिफायर्समा विजयी हुने टिम फाइनल पुग्नेछ भने अर्को टिमले तेस्रो हुँदै फाइनल खेल्ने अवसर गुमाउनेछ।

यसरी हेर्दा शीर्ष २ मा रहेका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले १ खेलमा हार बेहोरे पनि फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछन्। तर चितवन र कर्णाली याक्सको हकमा भने एलिमिनेटर जित्दै दोस्रो क्वालिफायर्स पनि जितेमा मात्रै फाइनल यात्रा सम्भव हुनेछ। पहिलो संस्करणको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्