आज कहाँ-कहाँ पर्दैछ पानी ? यस्तो छ मौसम पूर्वानुमान

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले देशका विभिन्न स्थानमा अझै तीन दिन (मंगलबारसम्म) वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मङ्गलबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्