फिल्म हिट बनाउन मनिषा कोइरालाले पनि गरेकी थिइन् ‘फेक डेथ स्टन्ट’

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

मुम्बइ- चर्चित अभिनेत्री तथा मोडल पुनम पाण्डे यतिबेला आफ्नो ‘फेक डेथ स्टन्ट’ का कारण चर्चामा छिन् । जबदेखि पुनमले मरेको भन्दै नाटक गरिन, तबदेखि उनले धेरै कठोर शब्दहरू सुन्दै आएकी छिन्। पूनम पाण्डे मात्र होइन, बलिउडकी अर्की एक सुन्दरी पनि छन्, जसले पुनमले जस्तै ‘फेक डेथ स्टन्ट’ नाटक गरेकी थिइन ।

हो, तपाईंले यो सही पढ्नुभयो, यो सूचीमा अर्को सुन्दरीको नाम समावेश छ। आउनुहोस् जान्नुहोस् को हुन् ती अभिनेत्री जो मरेर पुनम जस्तै जिउँदो भइन् ?

वास्तवमा हामी अभिनेत्री मनिषा कोइरालाको कुरा गर्दैछौँ । मनिषा कोइरालाले पनि ‘फेक डेथ स्टन्ट’ गरेकी थिइन्, जसका कारण उनलाई धेरै ट्रोलिङको सामना गर्नु परेको थियो । मनिषाको झुटो मृत्युको खबर जनचेतना फैलाउनका लागि होइन नभइ फिल्मलाई हिट बनाउनका लागि गरिएको थियो । सन् १९९५ मा महेश भट्टको फिल्म  ‘क्रिमिनल’ रिलिज भएको थियो, जसलाई हिट बनाउन मनिषाको मृत्युको खबर फैलाइएको थियो ।

भारतीय सञ्चारमाध्यम न्युज २४ का अनुसार आफ्नो फिल्मको सफलताका लागि महेश भट्टले मनिषाको मृत्युको झुटो खबर मात्रै फैलाएनन्, अभिनेत्रीको मृत्युको पोस्टर पनि बनाएका थिए । यस्ता झुटा समाचार फैलाएको भन्दै उनीविरुद्ध मुद्दा पनि दर्ता भएको थियो । तर, सन् २०१२ मा मनिषा कोइरालाले वास्तवमै मृत्युको सामना गरिन् ।

तपाईंलाई बताउ कि अभिनेत्री कोइरालालाई पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो, जसका कारण उनले आफ्नो जीवनको संघर्षपुर्ण लडाई लडिन् र जितिन पनि । उनी अहिले नेपालमा सामाजिक संघ संस्थामा मात्रै कार्यरत छैनन, राजसंस्थाको वकालत पनि गर्दै हिडेकी छिन् ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्