गरिमा विकास बैंकको नयाँ योजना, अब २ दिनमै ५० लाख कर्जा पाइने

No ads found for this position
No ads found for this position

काठमाडौं- हरेक नेपालीहरूको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्न गरिमा विकास बैंक लिमिटेडले नयाँ योजना ल्याएको छ ।

बै‌कले सार्वजनिक गरेको नयाँ योजना अनुसार ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभर ड्राफ्ट कर्जा दुई दिन भित्रमा उपलब्ध गराउने छ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्य दिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमई ओभर ड्राफ्ट कर्जामा मात्र ०.७५ % र आवधिक कर्जामा मात्र १ % प्रिमियमका साथ नयाँ उद्यमीहरूलाई लक्षित गरी यो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

यो योजना अन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभर ड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नेछन्।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १ सय २३ शाखा कार्यालय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरूलाई बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *