सुन १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली बजारमा सुन–चाँदीको भाउ बुधबार पनि घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको माहासंघले जनाएको छ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख १९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ ।

 

मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *