विदेशी मुद्रा: डलरको भाउ घट्यो, युरो स्थिर

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

बिहिबार अमेरिकी डलरको भाउ घट्दा युरोको कारोबार स्थिर रहेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १३ पैसाले घटेको हो । बुधबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसामा कारोबार भएको थियो ।

यसैगरी बिहिबार युरोपियन युरोको कारोबार स्थिर रहेको छ । आज एक युरोको खरिदमा १४५ रूपैयाँ ९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७५ पैसा तोकिएको छ ।यसअघि मंगलबार युरो १७ पैसाले घटेर सोहीमूल्यमा बारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ८६ पैसा र बिक्रीदर ८९ रूपैयाँ २६ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ १२ पैसा र बिक्रीमा ९९ रूपैयाँ ५७ पैसा कायम गरिएको छ ।

यता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ४ पैसा तथा बिक्री दर १० रूपैयाँ ९ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ५६ पैसा र बिक्रीदर २८ रूपैयाँ ६९ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ८ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *