बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब तान्दै राष्ट्र बैंक

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

बैंकले २० अर्ब रुपैयाँको बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । माघ ४ गते यसको साँवा र ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *