सिंहदरबार आगलागी पछिको पुनः निर्माणमा उत्कृष्ट काम गरेका शाहको आत्मकथाको विमोचन

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- वरिष्ठ आर्किटेक इन्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’को विमोचन गरिएको छ ।

शनिबार एक कार्यक्रमका बिच पूर्व मन्त्री डा. भेष बहादुर थापा, होटेल व्यवसायी, लेखक एवम् सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य, प्रा. डा. जीवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले आत्मकथा पुस्तकको विमोचन  गरेका हुन् ।

कार्यक्रममा वक्ताहरूले नेपालको वास्तुकलाको बारेमा चर्चा गर्दै यसलाई अझ कसरी विश्व माझ चिनाउन सकिन्छ भन्ने बारेमा आफ्नो धारणा राखेका थिए ।

आत्मकथा ‘मेरो सपना’ पुस्तकमा शाहले आफ्नो सानैदेखिको आर्किटेक इन्जिनियर बन्ने सपना कसरी पूरा भयो र आउने भावी पुस्ताले पनि नेपालको वास्तुकला (आर्किटेक)लाई कसरी विश्वमाझ चिनाउन र बचाइराख्न सक्छन् भन्ने कुरालाई समेटेका छन् ।

शाह एसोसिटले आयोजना गरेको कार्यक्रममा उद्योगपति, नेतागण , इन्जिनियर, डाक्टर ,नेपाल सरकारका पूर्व सचिवहरूको उपस्थिति थियो ।

शाहले जीवनको महत्त्वपूर्ण ५० वर्ष अक्रिटेक इन्जिनियरमा बिताका छन् । नेपालमा त्रिभुवन विश्व विद्यालयबाट विज्ञान विषयमा विएससी सकिएपछि शाहले भारतको बरुडास्थित एमएस युनिभर्सिटीबाट आर्किटेक्चरमा डिग्री गरेका शाहले नेदरल्याण्डबाट आर्किटेक्चरमा स्नातकोत्तर गरेका थिए।

सिंहदरबारमा आगलागी पछिको पुनः निर्माणमा उत्कृष्ट काम गरेबापत शाहलाई तत्कालीन राजा वीरेन्द्र शाहले गोरखा दक्षिण बाहु तेस्रो बाट सम्मान गरेका थिए भने एघारौँ सार्क सम्मेलनमा खेलेको भूमिका बापत भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीबाट समेत सम्मान र पुरस्कार पाएका थिए ।

समा प्रिन्टर्सबाट प्रिन्टिङ ८० पृष्ठको आत्मकथा ‘मेरो सपना’ पुस्तक हाललाई इच्छुक पाठक माझ निःशुल्क वितरण गरिएको छ । किताबको सह लेखन डा.सृष्टि शाहले गरेकी हुन् ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्