इङ्लिस प्रिमियर लिगमा लिभरपुललाई ३ अंकको अग्रता

No ads found for this position
No ads found for this position

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ३ अंकको अग्रता लिएको छ ।

सोमबार भएको खेलमा न्युकासललाई ४-२ गोलले पराजित गर्दै लिभरपुलले दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई ३ अंकले पछाडि छाडेको हो ।

घरेलु मैदानमा उत्रिएको लिभरपुलका लागि मोहमम्द सलाहले २ तथा कुर्तिस जोन्स र कोडी गाक्पोले एक-एक गोल गरे । सलाहले खेलका सुरुवातमा प्राप्त पेनाल्टी भने सदुपयोग गर्न सकेका थिएनन् ।

२२ औँ मिनेटमा सलाह उक्त अवसरमा चुकेका थिए । तर ४९ औँ मिनेटमा लिभरपुलले सलाहकै गोलमा अग्रता लियो । ५४ औँ मिनैटमा न्युकासलले खेल बराबरीमा त ल्यायो तर लामो समय टिक्न सकेन ।

७४ औँ मिनेटमा जोन्स र त्यसको चार मिनेटपछि गाक्पोले गोल गरेपछि घरेलु टोली ३-१ गोलले अगाडी बढेको थियो । ८१ औँ मिनेटमा न्युकासलले गोल फर्काउँदै पुनरागमनको प्रयास गर्‍यो । तर ८६ औँ मिनेटमा सलाहले गोल थप्दै भ्रमणकारी टोलीको उक्त प्रयास जटिल बनाइदिएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *