गरिमा विकास बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंककाे २ सय ९७ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हाे ।

प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण-सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।

हाल विकास बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा रहेकोमा प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक वर्षको साधारण-सभाबाट पारित भएपश्चात रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा यस बैंकले देशभर १ सय २३ शाखा कार्यालय मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *