यू-१९ एशिया कप: भारतले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौँ- युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ ।

यस खेलमा भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

यस प्रतियोगितामा नेपालले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेको थियो ।

त्यस्तै समुह ए मा रहेको भारतले भने २ मध्ये एक खेलमा जित हासिल गरेको छ एक खेलमा हार बेहोरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजति गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो ।

समुह ए मा पाकिस्तानले २ खेलमा दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने भारत र अफगानिस्तानले २ -२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गर्दै दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपालले भने दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *