लुम्बिनीमा १० वर्षिय अफसरले क्रिकेटमा गरे कमाल

No ads found for this position
No ads found for this position

भैरहवा- शनिबार भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर बिद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि खेल भइरहेको थियो ।

रुपन्देहीको विद्यालय स्तरीय क्रिकेट खेलमा मणिग्रामको श्री शान्ति नमुना र लुम्बिनीको लुम्बिनी शिक्षा निकेतन प्रतिस्पर्धामा थिए तर अधिकांस दर्शकको आखा भने एक मात्रै खेलाडीप्रति रहेको थियो । रहनुको एक कारण थियो ति खेलाडी अरु भन्दा फरक हुनुमा थियाे । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका- ११ मोगलहाका १० वर्षिय अफसर खानको प्रस्तुति ठूला ठूला खेलाडी भन्दा कम थिएन उचाईले सानै भए पनि उन्को क्रिकेट प्रदर्शनले सबैलाई रोमाञ्चक बनाइरहेको थियो । २ नं. जर्सी भिरेर मैदानमा रहेका उनको क्रियाकलापले सबैको ध्यान तानेको थियो ।

प्राय कक्षा ८ देखि १० सम्मका खेलाडीहरु मैदानमा हुदा २ कक्षामा पढ्ने अफसरले भने टिमको सबै खेलमा सहभागी भए । ४ वटा खेल खेलेको लुम्बिनीले ती साना खेलाडीलाई सबै खेलमा अवसर दियो, अफसरका लागि पनि ड्युज बलमा क्रिकेट खेल्नु पहिलो अनुभव रहयो । टेनिस बलले क्रिकेट खेल्दै आएका उनले भने पहिलो पटक डयुज बलले खेल्ने मौका पाएका थिए ।

राइट आर्म स्पीनर रहेको उनी सानै उमेर देखि बलिङमा रुची राख्दै आएका छन । पढाईसँगै खेलमा रुचि राखेका उन्को लक्ष्य पनि देशको लागि क्रिकेटर भएर देखाउनु रहेको अफसर भन्छन । बुवा गुफरान अहमद बैदेशिक रोजगारीको शिलशिलामा रहेपनि घर परिवारबाट उनले खेलमा पूरा सर्पोट रहेको छ । ३ भाई मध्ये उनी माइलो हुन । दाई आरिफ खान पनि क्रिकेट खेल्दै आएका छन् ।

यो टुर्नामेन्टमा उनले ४ खेल खेलेकोमा पहिलो खेलमा ३ ओभर मा २२ रन दिए, दोस्रो खेलमा ४ ओभरमा १८ रन दिएर २ विकेट लिए, तेस्रो सेमिफाइनल खेलमा २ ओभरमा १२ रन दिएर १ विकेट लिएका थिए भने फाइनल खेलमा उनले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । पढाईमा मध्यम रहेका उनी क्रिकेट खेलमा भने उत्कृष्ट रहेका छन । सानै उमेरमा यति राम्रो प्रदर्शन गर्नुमा लुम्बिनी शिक्षा निकेतनको भुमिका पनि महत्वपूर्ण छ । विद्यालयमै क्रिकेट एकेडमी स्थापना गरी उनी प्रशिक्षण पनि लिदै आएका छन् ।

लुम्बिनी शिक्षा निकेतन क्रिकेट एकेडमीका प्रशिक्षक सागर न्यौपानेले विद्यालयमा दैनिक साझ ३ बजे पश्चात क्रिकेटको अभ्यास गराउदै आएको बताए ।

रुचि भएका साना देखि ठूला कक्षाका विद्यार्थीहरु यहाँ अभ्यास गर्दै आएका छन, हाम्रो धेरै उत्पादनहरुले राष्ट्रिय तथा प्रदेश स्तरको क्रिकेटमा पनि योग्दान दिदै आएका छन । हालै मात्रै अण्डर १६ खेलमा यहाँकै उत्पादन समावेश भएको छ, एकेडमी मार्फत यहाँको टिम क्षेत्रिय र भारतमा पनि प्रतिस्पर्धा गर्दै थुपैँ प्रतियोगितामा उपाधि चुमेको छ ।

लुम्बिनी शिक्षा निकेतनले शिक्षामा मात्रै नभई खेलकुद र अन्य क्षेत्रमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण गराउदै आएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द ज्ञवालीले भने । हामीले सैधान्तिक शिक्षा सँगै प्रयोगात्मक शिक्षामा ध्यान दिदै आएका छौ भने विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउदै आन्तरिक रुपमा पनि प्रतियोगिताहरु गर्दै आएका छौ । सबैको सबै क्षेत्रमा दक्षता हुदैन, जस्को जे मा रुची छ सोही अनुसार नै विद्यालयले सहजीकरण गर्दै दक्षता बृद्धि गर्न विद्यालय लागेको छ । हाम्रो क्रिकेट एकेडमी मार्फत धेरै क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य अनुरुप नै ४ वर्ष देखि एकेडमी मार्फत खेलाडीहरु उत्पादन भइरहेको अध्यक्ष ज्ञवालीले भने । यसका खेलकुदका साथै नृत्य, चित्रकारिता, गायन , लेखन, वक्तृत्वकला लगायतको क्षेत्रमा पनि यहाँका विद्यार्थीहरुलाई अतिरिक्त अभ्यास गराइदै विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउदै प्रोत्साहन गर्दै आएको अध्यक्ष ज्ञवालीले भने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *