बार्सिलोनालाई ४-२ ले हराउदै गिरोना शिर्ष स्थानमा

No ads found for this position
No ads found for this position

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत गिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा गिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

गिरोनाको जितमा आर्टेम डोभबिक मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक एक गोल गरेका थिए ।

यो जितपछि गिरोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । गिरोनाको १६ खेलमा ४१ अंक छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा २ अंकले अगाडी रहेको छ ।

त्यस्तै बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो । १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *