यु-१९ एसिया कप आज बाट सुरु, नेपालले पाकिस्तानको सामना गर्दै

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- एसीसी यू-१९ एसिया कप आज देखि युएईको दुबईमा शुरु हुदै छ ।

एशिया कपको पहिलो खेलमा आज समुह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दै छ ।यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै आज नै समुह ए कै भारत र अफगानिस्तानबीच पनि खेल हुदै छ । यो खेलपनि नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि नै शुरु हुदै छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिम दुबई पठाएको छ ।

देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ ।

नेपाली टिममा देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद घिमिरे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, बिशाल बिक्रम केसी,  सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकास चन्द रहेका छन् ।

यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ ।

दुबईमा हुने यू-१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८)  देखि पुस १ (डिसेम्बर १७) सम्म हुने तालिका रहेको छ ।

खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल मङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ ।

कुल ८ देशले भाग लिने यू-१९ एशिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू-१९ एशिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ (डिसेम्बर १५) मा हुने छन् भने फाइनल खेल पुस १ (डिसेम्बर १७) मा हुने छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्