आइसीसी विश्वकप लिग- २ को पहिलो सिरिज काठमाडौँमा हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- आइसीसी क्रिकेट वर्ल्ड कपअन्तर्गत लिग २ को पहिलो सिरिज नेपालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरीमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज काठमाडौँमा हुने जानकारी दिएको हो ।

नेपालले फेब्रुअरी १७ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई खेल खेल्ने भएको हो ।

यसअघि लिग टूको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप क्वालिफार्यस खेलेको थियो ।

सन् २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा खेल्दै छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *