कर्णालीमा उत्पादित कृषिको तथ्याङ्क लिन थालियो, सहयोग गर्न मन्त्रालयको आव्हान

No ads found for this position
No ads found for this position

सुर्खेत- कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बबई नाका र कपुरकोट नाकामा कृषि उपजको आयात निर्यातबारेमा तथ्याङ्क सङ्कलन गर्न राखिएको टोलीलाई सहयोग गर्न आव्हान गरेको छ ।

मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा मंसिर ७ गतेदेखि दुवै स्थानमा टोली खटाई सकिएको उल्लेख गरिएको हो ।

मन्त्रालयका सचिव डा. घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ-

नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था अवलम्बन गरेसँगै विकास तथा सेवाका कार्यहरूलाई सङ्घ, प्रदेश स्थानीय तहबाट जनता समक्ष पुर्‍याउँदै आएकोमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशले आफ्नो प्रदेश भित्रका कृषि र पशुपन्छीजन्य वस्तुहरूको उत्पादन तथा बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस प्रदेशमा आयात निर्यात हुने कृषि उपजहरूको तथ्याङ्क सङ्कलन गर्न जिल्लाका सुरक्षा निकाय तथा सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्दै कर्णाली प्रदेशको दुई प्रमुख नाका कपुरकोट (सल्यान) र बबई (सुर्खेत) मा मिति २०८० /०८/ ७ गते देखि चार जना तथ्याङ्क सङ्कलकहरू खटाई कृषि उपजहरूको तथ्याङ्क लिने कार्यको थालनी गरिएको सवैमा जानकारीको लागि अनुरोध छ ।

कर्णाली प्रदेश भित्र उत्पादित र बाह्य क्षेत्रबाट आउने कृषि उपजहरूको यथार्थ तथ्य उपलब्ध नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा कठिनाइ परेको महसुस गर्दै यस उप्रान्त उल्लिखित नाकाहरूबाट दैनिक उपलब्ध हुने कृषि उपजहरूको आयात निर्यात तथ्याङ्कलाई मन्त्रालय र मातहतका निकायले विश्लेषण गर्दै बजार व्यवस्थापन र गुणस्तर प्रवर्द्धनमा प्रयोग गर्नेछ ।

उपलब्ध तथ्याङ्कहरू मार्फत यस मन्त्रालयलाई कृषि क्षेत्रको विकासमा भावी नीति तथा कार्यक्रम तय गर्न महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने आशा गरिएको छ । तसर्थ मन्त्रालयबाट खटाइएका तथ्याङ्क सङ्कलकहरूले पालो मिलाइ चौबीसै घण्टा दुवै नाकाहरूबाट प्रदेश भित्र आवात जावत गर्ने यातायातका साधनहरूलाई सुरक्षा निकायसँगको समन्वयमा कृषि उपजहरूको विवरण सोधखोज गरी तथ्याङ्क लिने हुँदा सरोकारवालाहरू सबै पक्षबाट तथ्याङ्क सङ्कलकहरूलाई सहयोग हुन अनुरोध गर्दछौ ।

यहाँको धैर्यता र उपलब्ध हुने तथ्याङ्कले कृषि क्षेत्रको विकास तथा कार्यक्रम सञ्चालनमा महत्त्वपूर्ण योगदान र सहयोग हुने विश्वास सहित आभार व्यक्त गर्दछौँ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *