रियाद सिजन कपमा रोनाल्डो र मेसी आमने सामने हुने

No ads found for this position
No ads found for this position

काठमाडौँ- क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी फेरि एकपटक आमनेसामने हुने भएका छन् ।

अल नासर र इन्टर मियामी आगामी फेब्रुअरीमा रियाद सिजन कप खेल्ने भएकासँगै रोनाल्डो र मेसी आमने सामने हुने भएका हुन् ।

‘द लास्ट डान्स’ नाम दिइएको रियाद सिजन कपमा अल नासर, इन्टर मियामी र अल हिलाल सहभागी हुने भएका छन् । यो प्रतियोगिता फेब्रुअरी, २०२४ को पहिलो सातामा हुने घोषणा गरिएको छ ।

अल हिलाल खेल्ने भएपनि नेइमार भने इन्जुरीका कारण टिममा नरहेकाले यो प्रतियोगिता खेल्ने छैनन् । यस प्रतियोगितामा तीन खेल हुनेछन ।

जसमा अल नासर र अल हिलाल, अल नासर र इन्टर मियामी तथा अल हिलाल र इन्टर मियामी खेल्ने छन् । यी तीन खेलमा शिर्ष स्थानमा रहने टिमले यो उपाधि जित्ने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *