घरेलु मैदानमा ब्राजिललाई अर्जेन्टिनाले हरायो

No ads found for this position
No ads found for this position

काठमाडौं- अर्जेन्टिनाले ब्राजिलमाथि जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको ६३औं मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा खेलको ८१ औं मिनेटमा जोएलिनटनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो ।

ब्राजिल विश्वकप छनौटको इतिहासमा घरेलु मैदानमा पराजित भएको यो पहिलो पटक हो । यो जितपछि विश्वकप छनौटमा अर्जेन्टिनाको ६ खेलमा १५ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ ।

ब्राजिलको भने विश्वकप छनौटमा यो तेस्रो हार हो । ६ खेलमा २ खेल जितेको ब्राजिलले एक बराबरी खेलेको छ र अंकतालिकामा छैटौं स्थानमा झरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *