युरोकप छनौट: पोर्चुगलले आइसल्याण्डलाई हरायो

No ads found for this position
No ads found for this position

काठमाडौँ- युरोकप छनौट अन्तर्गत पोर्चुगलले आइसल्याण्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न समुह जे को छनौटको अन्तिम खेलमा पोर्चुगलले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नानडेज र रिकार्डो होर्टाले एक एक गोल गरेका थिए ।

योसँगै पोर्चुगलले युरोकप छनौटका सबै १० खेलमा जित हासिल गरेको छ । १० खेलमा ३० अंकसहित समुहमा पहिलो हुदै पोर्चुगल युरोकपका लागि छनौट भएको छ । यस समुहबाट स्लोभाकिया दोस्रो हुदै युरोकपमा छनौट भएको छ ।

त्यस्तै आइसल्याण्ड भने १० खेलमा १० अंकसहित समुहमा चौथो भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय