महिला टी-२० सिरिज: नेपाल हङकङसँग पराजित

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल हङकङसँग पराजय भएको छ। चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपाल हङकङसँग पराजित भएको हो ।

घरेलु टीम हङकङसँग ९ विकेटको हारसँगै नेपाल जारी सिरिजमा दोस्रो पटक पराजय भएको हो । नेपाल यसअघि तान्जानीयासँग पराजित हुन पुगेको थियो ।

हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले जम्मा ५६ रनको कमजोर स्कोर बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ३० बलमा २५ बनाएर आउट भए पनि अन्य खेलाडीले कुनै जादु देखाउन सकेनन ।

उता, हङकङले एक मात्र विकेट गुमाएर ९ ओभरमा नै लक्ष्य भेट्टाउन सफल भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *