दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

No ads found for this position
No ads found for this position

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि सामु ओमोरोडियोनले पहिलो मिनेटमै गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएका थिए ।

यो यस सिजनमा बार्सिलोनाको नवौं जित हो । यो जितपछि १३ खेलमा ३० अंक भएको बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै आल्भेजको भने यो हारपछि १३ खेलमा १२ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *