बङ्गलादेशसँग श्रीलङ्का ३ विकेटले पराजित

No ads found for this position
No ads found for this position

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको जारी खेलमा बंगलादेशले श्रीलङ्कालाइ ३ विकेटले पराजित गरेको हो ।

श्रीलङ्काले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट हुन पुगे पछि बंगलादेशले २ सय ८० रनको लक्ष्य पाएको थियो ।

यो पराजयसँगै श्रीलङ्काको सेमिफाइनलको यात्रा सपना मात्रै भएको छ । जसका कारण आठ खेलमा २ खेल मात्रै जितेको श्रीलङ्का ४ अङ्कसहित आठौँ स्थानमा सिमित हुन विवश भएको छ ।

उता, आठ खेलमा २ वटै खेल जितेको बङ्गलादेश रन रेटका आधारमा भने एक स्थान माथी अर्थात सातौं स्थानमा छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *