क्रिकेटको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल क्रिकेट संघले भोली हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर  गए राती गएको भूकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।

‘आइसिसी टि २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ क्यानले भनेको छ ।

क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *