टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

प्रधानमन्त्री प्रचण्डले दिए नेपाल टी–२० विश्वकप एसिया छनोट भएको खेलाडीलाई बधाई दिएका छन् ।काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल टी–२० विश्वकप एसिया छनोट भएको खेलाडीलाई बधाई दिएका छन्

काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा भएको  सेमिफाइनल खेलमा   युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै फेसबुकमा लेखेका छन्, “टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।”

टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो ।  युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमााएर भेट्टाएको हो ।

नेपाललाई जिताउन आसिफ शेखले ५० बलमा ६३ रन जोडेर नटआउट रहे । कप्तान रोहित पौडेल पनि २१ बलमा ३५ रन जोडेर नटआउट रहे । यसअघि मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्