टी-२० विश्वकप छनोट: सिंगापुरमाथि नेपालको ८ विकेटको जित

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन जोड्दा आसिफ शेखले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *