एसीसी यू-१९ प्रिमियर कपः नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- आज नेपाल र साउदी अरब बिचमा प्रतिस्पर्धा हुदैँछ । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल युएसडी-युकेएम ओभल खेल मैदानमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुदैँछ ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपाल र साउदी अरब दुबैका लागि ‘मर या गर’ झै अवस्थामा मैदानमा उत्रने छन् ।

समूह ए मा रहेको नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई-दुई खेल जितिसकेका छन् । समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल भने साउदी अरब भन्दा माथी अर्थात शिर्ष स्थानमा रहेको छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्ने छ ।

देव खनालको कप्तानीमा नेपाली टोली लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको बेला तेस्रो खेलमा जीत हासिल गरेर सेमिफाइनल पुग्ने विश्वास लिइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय