आजको बिदेशी मुद्राको बिनिमय दर, डलरको भाउ १ सय ३३ रुपैयाँ पुग्यो

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसामा कारोबार हुनेछ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसाले भाउँ पाउँदा क्यानेडियन डलरको खरिददर ९७ रूपैयाँ ५० पैसा तथा बिक्री दर ९७ रूपैयाँ ९४ पैसा तथा अष्ट्रेलियन डलर खरिद दर ८४ रूपैयाँ ८ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ४६ रूपैयाँमा कारोबार हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले जापनी एन ८ रूपैयाँ ८९ पैसामा खरिद गरिनेछ भने ८ रूपैयाँ ९३ पैसामा बिक्री गरिनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *