गणेश शाही निर्देशित रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- युवापुस्ता माझ लोकप्रिय गायिका रेश्मा सुनुवारले करिब १ बर्ष पछि नयाँ गीत ‘पिरतीको झोली’ सार्वजनिक गरेकी छिन् ।

मनोरमा सुनुवार र रवि मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा दिक्षीत पौडेलको एरेन्ज रहेको छ ।

नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माण गरेको गीतको भिडियोमा बिकास लामिछाने र आभा थापाको साथमा दिपेश उप्रेती र पूजा तामाङको अभिनय रहेको छ ।

गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा बिशाल थापाको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ । ६० को दशकमा अत्याधिक लोकप्रियता हासिल गरेकी गायिका रेश्मा सुनुवारका ‘क्या मिठो गीत’, ‘मै ठूली भईछु रे’, ‘हुरी आयो’, ‘मलाई कस्तो देख्छ’, ‘ओई नक्कले’ र ‘राधा तिमी’ लगायत गीतहरु चर्चामा छन् ।

उत्कृष्ट सृजना गर्ने श्रष्टा र नयाँ प्रतिभाहरु संग पनि सहकार्य गर्दै सँग सहकार्य गर्दै अघि बढेको राइट ट्युन इन्टरटेन्टमेन्टले लोकप्रिय गायक गायिकाको स्वरमा गीतहरुको रेकर्ड तथा भिडियो निर्माण गरिसकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *