पोखराबाट सुरु भयो प्वाल भएको इँटाको उत्पादन

No ads found for this position
No ads found for this position

पोखरा- पोखराबाट प्वाल भएको इँटाको उत्पादन सुरु भएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिले हलो ब्रिक अर्थात् प्वाल भएको इँटाको उत्पादन थालेको हो ।

प्वाल भएको इँटा अन्य सामान्य इँटाभन्दा हरेक हिसावले फाइदाजनक भएको भन्दै कम्पनीले यस्तो इटाको उत्पादन थालेको जनाएको छ ।

तथ्यांकअनुसार हाल देशैभरिमा १५ प्रतिशतको हलो ब्रिक्स् अर्थात् प्वाल भएको इँटा प्रयोग हुन्छ । यसले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने तथ्यांक छ । हाल नेपालमा एक हजार ३५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिने गरेको तथ्यांक छ ।

पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष एवं हलो ब्रिक्सका प्राविधिक निर्देशक इन्जिनियर कृष्णभक्त दुवालले भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामान्य इँटाको सट्टा हलो ब्रिक आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *