कोरियाले २०२४ मा नेपालबाट साढे १३ हजार कामदार लैजाने, थपियो भिसा परिवर्तनको सुविधा

No ads found for this position
No ads found for this position

काठमाडौं- सन् २०२४ मा नेपालबाट दक्षिण कोरिया सरकारले कोरिया रोजगार अनुमती प्रणाली (इपीएस) प्रणालीमार्फत साढे १३ हजार कामदार लैजाने भएको छ ।

अगामी वर्षका लागि नेपाललगायत विभिन्न १६ राष्ट्रबाट १ लाख भन्दा बढी श्रमिक भित्र्याउने योजना सार्वजनिक गरेको थियो । जसमा साढे १३ हजार कोरियाले नेपालबाट कामदार लैजाने भएको हो ।

कोरियाको मानव संसाधन केन्द्रले १३ हजार ५ सय कामदार लिने प्रस्तावसहितको पत्र पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कोरियाले सन २०२३ मा इपिएसमार्फत कोरिया १४ हजार ९ सय १३ जना कामदारको कोटा छुट्याएको थियो । त्यसमा कोरियन भाषा परिक्षामार्फत ११ हजारभन्दा बढीका कामदार रोजगारीका कोरिया पुगेको वैदेशिक रोजगार इपीएस शाखाले जनाएको छ । भने सन् २०२२ मा नेपालबाट १५ हजार युवा कोरिया गएको शाखाले जनाएको छ । विगतको तुलनामा आगामी वर्षका लागि कोरिया सरकारले कोटा घटाएपनि श्रमिकका लागि क्षेत्र बढाएको कोरियाले विगतमा हरेक वर्ष करिब ८ हजार नेपाली कामदार रोजगारीमा लिर्दै आएको थियो । सन् २०२३ देखी माग संख्या बढाएर ९ महिनामा ९ कामदार लिएको शाखाले जनाएको छ ।

सन् २०२१ मा कोरियाले नेपालबाट १ हजार २७ जना २०२१ मा ३७८ जना २०२२ मा १४ हजार र २०२३ को मे अर्थात ९ महिनामा ९ हजार युवा माग गरेको छ । हालसम्म इपिएस अन्तरगत ९० हजार नेपाली युवा रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ भने आगामी वर्ष एक लाखभन्दा बढी पुग्ने शाखाको अनुमान छ ।

कोरियाले इपीएस प्रणालीमार्फत नेपाली कामदारको कोटा र क्षेत्र बृद्धि गरिरहेको वैदेशिक रोजगार विभागको महानिर्देशक मदन दाहालले जानकारी दिए । देशभित्र रोजगारीको सम्भावना नभएसम्म नेपाली युवालाई विकाशित र धेरै कमाइ हुने देश वैदेशिक रोजगारीमा पठाउनुपर्ने उनको भनाइ छ ।

आगामी वर्षपनि कोरियाले नेपालबाट धेरै क्षेत्रका कामदार लैजाने भएको छ । कोरियाले माग गरेअनुसार कामदार पठाउने गरी तयारी भइरहेको उनले बताए । कोरिया सरकारले कामदार पठाउँदै आएको छ ।

९ क्षेत्रमा नेपाली कामदार लैजाने

कोरियाले सूचना तथा सञ्चार (आईटी), यातायात, रेष्टुरेन्ट, क्याफे, डिपार्टमेन्टल स्टोर र होटलमा समेत नेपाली कामदार लैजान प्रस्ताव गरेको श्रम, मन्त्रालयले जनाएको छ ।

नेपाली कामदार कोरियन भाषामार्फत कोरियाले जारी गर्दै आएको ई-९ भिसा अन्तर्गत रेष्टुरेन्ट, क्याफे, सुविधा स्टोर, उद्योग, पानीजहाज, निर्माण क्षेत्र र होटलजस्ता सेवा उद्योगमा कानुनी रूपमा रोजगारीका लागि जान पाउने श्रम मन्त्रालयले जानकारी दियो ।

कोरियाले उद्योग तथा कृषि क्षेत्रमा मात्र नेपाली कामदारलाई अनुमति दिँदै आएकोमा अब अन्य क्षेत्र पनि पनि रोजगारीका अवसर दिन थालेको छ । कोरियाले पछिल्लो समय उत्पादनमुलक र कृषि तथा पशुपालन बाहेक सिप विल्डिङमा ३ हजार लैजाने घोषणा गरेको छ । उक्त घोषणाअनुसार परिक्षा सञ्चालन भइरहेको शाखाले जानकारी दियो ।

कोरिया सरकारले गैर-व्यावसायिक वैदेशिक रोजगारीमा आउने विदेशी कामदार ई-९ भिसामा परिमार्जन गरी कामदार अभाव भएका अन्य क्षेत्र तथा व्यवसायलाई विदेशी कामदार विभिन्न क्षेत्रमा राख्न दिने व्यवस्था गरेको छ ।

ईपीएस अन्तर्गत हाल ई-९ भिसा भएका नेपालीले ई-७ भिसा परिवर्तन गरेर अन्य क्षेत्रमा काम गर्दै आएका छन् ।
ई-९ भिसा प्राप्त गरेका विदेशी श्रमिकले उद्योग, निर्माण, मस्त्यपालन, कृषि र पशुपालन र केही सेवा उद्योग, फोहोर प्रशोधन, रिसाइकल सामग्री संकलन, बिक्री तथा फ्रिजिङ भण्डारण, प्रकाशनजस्ता क्षेत्रमा समेतमा काम गर्न भिसा परिवर्तन गर्न पाउनेछन् । यो सुविधा कोरिया सरकारले विदेशी कामदारलाई यही वर्षदेखि दिएको हो ।

हाल कोरियामा दक्ष नेपाली कामदारले ई-७ भिसा प्राप्त गरेर यस्ता क्षेत्रमा काम गर्दै आएका छन्।

कोरियामा उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्रमा ४५ हजार नेपाली कामदार रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । हाल कोरियामा कार्यरत नेपाली कामदारले मासिक तीन लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।

आगामी वर्षका लागि ईपीएस र अन्य श्रम अनुमति लिएर कोरियामा कार्यरत नेपालीको तलब प्रतिमहिना ५० हजार वन अर्थात् ५ हजार रुपैयाँ वृद्धि भएको छ । यो वृद्धिसँगै कोरियामा कार्यरत नेपाली कामदारको मासिक तलब २ लाख ६ हजार ७४ रुपैयाँ भएको छ । जसमा दैनिक तीन घण्टासम्म ओभरटाइम काम गरेर नेपाली कामदारले मासिक ३ लाख रुपैयाँसम्म कमाउने गरेको बताउँछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय