विश्वकीर्तिमानी क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई प्रहरीले गर्‍यो बढुवा

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं -विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी लाई नेपाल प्रहरीले प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ ।

चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुद प्रतियोगिता पुरुष क्रिकेट अन्तर्गत उनले विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए।

यही असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।

उनले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमा अर्धशतक पूरा गरेर कीर्तिमान कायम गरेका थिए ।

यसअघि यो कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा थियो ।

विश्व कीर्तिमान कामय गरेका खेलाडी ऐरी २०७३ सालदेखि नेपाल प्रहरीमा आबद्ध छन् ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्