बैंकले टर्चर दिएपछि शाखा प्रमुख देवकोटाले गरे त्रिशूली नदीमा हाम फालेर आत्महत्या

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट-मेगा बैंकमा कार्यरत निराजन देवकोटाले त्रिशूलीमा हाम फालेर आत्महत्या गरेका छन् । उनि हेटौंडामा शाखा प्रमुखको रुपमा कार्यरत थिए ।

देवकोटाको घर हेटौंडा उपमहानगरपालिका- २ चौकीटोलमा हो । उनी नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए । उनले असोज १५ गते त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

उनले मेघा बैंक हेटौंडा शाखाबाट ऋण लिएको बुझिएको छ । उनलाइ अहिलेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले अनुसन्धानको बहनामा पटक-पटक बैंकले टर्चर दिइएको कारण नदीमा हाम फालेको हुनसक्ने बताइएको छ ।

उनको शव अहिलेसम्म भेटिएको छैन । देवकोटाले बैंकको केन्द्रीय कार्यालय काठमाडौं पुगेर हेटौंडा फर्किने क्रममा नदीमा हाम फालेर आत्महत्या गरेका हुन्।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्