टिस्टा नदीमा आएको बाढीले २३ जना भारतीय सैनिक बगायो

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना भारतीय सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार बुधबार बिहान आएको आकस्मिक बाढीले सिक्किमको लाचेनमा सेनाका २३ जवान बेपत्ता भएका हुन्।

वर्षाका कारण चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५/२० फिटसम्म सतहमा पानि बढेको थियो ।

बाढीले तटीय क्षेत्रका धेरै भवन र संचरनाहरुमा क्षति पुर्‍याएको बताइएको छ। बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने सडक समेत बगाएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्