भारतले नेपाललाई दियो २ सय ३ रनको लक्ष्य

No ads found for this position
No ads found for this position

काठमाडौं- भारतले १९ औँ एसियाली खेलकुद क्रिकेटको क्वाटरफाइनलमा नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन जोड्यो।

भारतका यसस्वी जैसवाल १ सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए। रुतुराज गाइक्वाडले २५ रन बनाए। रिंकु सिंहले १५ बलमा ३७ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट हात पारे।

भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिए। अविनाशले ४ ओभरमा ५३ रन दिए भने सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *