अनमोल केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

No ads found for this position
No ads found for this position

काठमाडौं- अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार (असोज १२) पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आईतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

अनमोललाई पुन: सोमबार अदालतमा उपस्थित गराउनुपर्छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीबिरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *